आइतबार नेप्से १९ अंकले बढ्दा, ९ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक ए्रक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३३ करोड ५४ लाख ७५ हजार १२९ रुपैयाँ बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै, न्यादी हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर किनेबेच हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार २६६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।