शुभश्री कलेज र मर्क्युर होटलबिच विद्यार्थीलाई इन्टर्नशिप र रोजगारीको अवसर दिने सम्झौता


काठमाडाैँ । काठमाडौँको शुभश्री कलेज अफ म्यानेजमेन्ट र सुकेधारास्थित मर्क्युर होटलबिच साझेदारी सम्झौता भएको छ। उक्त सम्झौताअनुसार कलेजका होटल म्यानेजमेन्ट (बीएचएम) का विद्यार्थीले इन्टर्नशिप तथा रोजगारीका अवसर पाउने छन्।

साथै, हस्पिटालिटी सेवा र व्यवसाय व्यवस्थापनका क्षेत्रमा व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्नेछ। कलेजकी प्रिन्सिपल मनिता ओली बस्नेतका अनुसार विद्यार्थीलाई होटल उद्योगसँग जोड्न र उनीहरूको सीप विकास गर्न सम्झौता गरिएको हो।

सम्झौता अनुसार होटल व्यवस्थापन, व्यवसाय सञ्चालन र हस्पिटालिटी क्षेत्रमा कार्यरत विशेषज्ञहरूबाट गेस्ट लेक्चर तथा विभिन्न वर्कशप सञ्चालन गरिनेछ। सम्झौता एक वर्षका लागि मान्य हुनेछ र आवश्यकताअनुसार नवीकरण गरिनेछ।

मर्क्युर होटल, जुन देशबन्धु बस्नेतको एबी होल्डिङमार्फत निर्माण गरिएको हो, एक महिना अघिबाट सञ्चालनमा आएको पाँचतारे होटल हो।