व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


काठमाडौँ । विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दुबैजनालाई अदालतले दुबैजनालाई आज थुनामा पठाउने आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर काेइरालाको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ बिगो र अग्रवाललाई २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ र गोल्छालाई ५२ करोड ५० लाख बिगो कायम गरिएको थियो ।

प्रहरीले भट्टलाई चैत १९ गते, अग्रवाललाई चैत २२ गते प्रहरीले पक्राउ गरेको थियो । अदालतको आदेशपछि दुबैजनालाई कारागार चलान गरिएको छ ।