काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २७२७.९१ अंकले बढेर २९.८७ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १० ओटा उपसमुहमा हरियाली छाएको छ भने बाँकी ३ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार नेपाल रि–इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बढिको कारोबार भएको हो ।
आजको दिन नेप्सेमा ६ ओटा कमपनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।
कुल ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १ सय ६८ कित्ता सेयर किनबेचहुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्