१२ अंकले बढ्यो नेप्से, कारोबार रकम १० अर्ब रुपैयाँभन्दा बढी


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १२.६८ अंकले बढेर २७४०.५९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहमा हरियाली छाएको छ भने बाँकी ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

मंगलबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८२ करोड २ लाख ३६ हजार ९१० रुपैयाँको कारोबार भएको हो ।

आजको दिनमा नेप्सेमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंक र केबिलए डिबेञ्चर २०८६ को सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर किनबेचहुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार २१४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।