काठमाडौँ । नेपालको वैदेशिक व्यापार १३.३० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापार १३.३० प्रतिशतले बढेको हो ।
गत आर्थिक वर्षको माघसम्ममा ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ बराबर वैदेशिक व्यापार भएकोमा चालू आर्थिक वर्षको माघसम्म ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँ बराबराको वैदेशिक व्यापार गरेको छ ।
नेपालको आयात १० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो ७ महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बरुाबरको आयात गरेकोमा चालू आर्थिक वर्षको पहिलो ७ महिनामा १०.०९ प्रतिशतले बढेर ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको आयात गरेको छ ।
नेपालको निर्यात भने ४६.५० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको माघसम्ममा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको निर्यात गरेकोमा चालू आर्थिक वर्षको माघसम्म एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
नेपालको व्यापार घाटा ६.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको माघसम्म ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख ८८ हजार रहेकोमा चालू आर्थिक वर्षको माघसम्म ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजार रुपैयाँ बराबरको व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्