काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
फागुन ८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनको लागि १.४२०२२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
प्रतिक्रिया दिनुहोस्