काठमाडौँ। माघ महिनामा मात्र देशभर ४७८ आगलागीका घटनाहरू भएका छन्, जसले ठूलो जनधनको क्षति पुर्याएको छ। नेपाल प्रहरीका अनुसार आगलागीका कारण २२ जनाले ज्यान गुमाएका छन् भने ८७ जना घाइते भएका छन्। ज्यान गुमाउनेमध्ये ११ जना पुरुष, १० जना महिला र १ जना बालक रहेका छन्। घाइते हुनेमा २६ पुरुष, ५४ महिला, ४ बालक र ३ बालिका छन्।
भौतिक सम्पत्तिमा समेत आगलागीले ठूलो क्षति पुर्याएको छ। ६८ घर तथा ६६ गोठ जलेर नष्ट भएका छन् भने सरकारी कार्यालयमा कुनै क्षति नभएको जनाइएको छ। यस्तै, आगलागीका कारण २४७ चौपायाहरू जलेर मरेका छन्। आगलागीबाट भएको आर्थिक क्षतिको अनुमान १८ करोड ४८ लाख ८१ हजार २५० रुपैयाँ रहेको छ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै आगलागीका घटना कोशी प्रदेशमा भएका छन्, जहाँ १२९ ठाउँमा आगलागी भएको छ। मधेस प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ६३, सुदुरपश्चिम प्रदेशमा ४७, बाग्मती प्रदेशमा ४२, कर्णाली प्रदेशमा ३२,
गण्डीक प्रदेशमा ३९ र उपत्यकामा ३७ वटा घटनाहरू भएका छन्।
आगलागीका कारण १७ परिवार विस्थापित भएका छन्। यस्तै, आगो नियन्त्रणका लागि ३ हजार ५०३ सुरक्षाकर्मी परिचालित भएका नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्