काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ कोे आज आयोजित कार्यक्रमबिच लोकार्पण गरेका छन् ।
पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर, र जीवनका विविध उकाली ओराली तथा नेकपा (माले) का तत्कालीन नेता ओलीसँग विवाह सम्बन्धमा बाँधिएपछिका अनेक यात्राहरुबारे उल्लेख गरिएको छ । प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो ।
कार्यक्रममा आयोजकका तर्फबाट प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यलाई विवाह वर्षगाँठका अवसरमा सम्मान गरिएको थियो ।राष्ट्रियसभा गृहमा खचाखच उपस्थितिका बिच भइरहेको लोकार्पण कार्यक्रममा पुस्तकबारे नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, गायिका आनी छोइङ डोल्मा, लेखक अमर न्यौपानेले समीक्षात्मकम मन्तव्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्