‘नीतिगत समस्या र राजनीतिक स्वार्थका कारण नेपालले जलवायुको क्षेत्रमा लक्ष्यअनुसार काम भएन’


काठमाडाैँ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नीतिगत समस्या र राजनीतिक स्वार्थका कारणले नेपालले जलवायु परिवर्तनको असर कम गर्न लक्ष्यअनुसार काम गर्न नसकेको बताएका छन् ।

आइतवार ट्रान्सपरेन्सी  इन्टरनेसनल नेपालको जलवायुसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले उनले नीतिगत समस्याका कार्य लक्ष्यअनुसार जलवायु कार्य गर्न नसकिएको बताएका हुन् । उनले सार्वजनिक प्रतिवेदन जलवायु कार्य गर्नको भइरहेका समस्या र समाधानसहित प्रतिवेदन सार्वजनिक गरेको दाबी गरे ।

उनले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दै गएका कारण व्यवस्थापीकय क्षमता कमजोर हुँदै गएको बताए । सही ठाउँमा सही मान्छेलाई नियुक्त गर्न सके व्यवस्थापकीय क्षमतामा वृद्धि हुँदै जाने बताए । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले दाताहरुको सहयोगमा जलवायु परिवर्तनको असर कम गर्नको लागि सञ्चालित आयोजनाहरूको विश्लेषण गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा विश्व बैंक, एशियाली विकास बैंक, जर्मन सरकार, ग्रीन क्लाइमेट फन्ट (जिसिएफ)को सहयोगमा सञ्चालित आयोजनाहरुको विश्लेषण गरिएको छ ।