काठमाडाैँ । सायम प्रिमियर लिग – सिजन ५ को जर्सी सार्वजनिक गरिएको छ। लिगको महत्वपूर्ण चरणको रूपमा हेरिएको यो कार्यक्रम आज सायम अडिटोरियम हलमा सम्पन्न भएको हो।

कार्यक्रम आज बिहान १० बजे उद्घाटनसँगै सुरू भएको थियो। जर्सी सार्वजनिक कार्यक्रममा आयोजकहरूले लिगको महत्त्वबारे चर्चा गर्दै यस वर्षको प्रतियोगिता अझ रोमाञ्चक हुने अपेक्षा व्यक्त गरे। उद्घाटन प्रस्तुतिपछि टिम लिडरहरूले आफ्नो विचार तथा आभार व्यक्त गरेका थिए ।

जर्सी सार्वजनिकसँगै खेलाडीहरूको विशेष फोटोसुटसमेत गरिएको थियो, जसले खेलाडीहरू बिचको टिम स्पिरिट झल्काएको छ। यस अवसरमा सायम प्रिमियर लिगका विभिन्न सरोकारवाला, खेलप्रेमी तथा क्रिकेट संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस्