इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन् । चाँडै यसको घोषणा हुने उनको भनाइ छ ।

कारसहित अन्य सबै कुराहरुमा २५ प्रतिशत कर लगाउने उनले बताए । अमेरिकाको युरोपेली संघसँग करिव ३ सय अर्ब डलरको घाटा रहेको उनकाे भनाइ छ । अमेरिकासँग उनीहरुले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरु स्वीकार नगरेको आरोप लगाए । 

इयुले मुलतः कृषि उत्पादनहरु स्वीकान नगर्ने उनको भनाइ छ ।