काठमाडौँ । नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले आइतबार भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवाललाई निर्दोष ठहर गर्दै सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि गैरकानुनी रूपमा ओहोदा लिएको र झुटा विवरण पेश गरेको आरोप लगाउँदै गत मंसिर २४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनको नागरिकतामा उल्लिखित जन्ममिति सच्याएर कार्यकाल लम्ब्याएको दाबी गरिएको थियो।
तर, अदालतले आइतबार सुनाएको फैसलाले सिलवालमाथिको आरोप पुष्टि हुन नसकेको ठहर गर्दै उनलाई सफाइ दिएको हो।
प्रतिक्रिया दिनुहोस्