काठमाडाैँ । भारत लगायत विभिन्न देशहरूले परम्परागत रूपमा गाईको गोबरलाई मलको रूपमा प्रयोग गर्दै आएको छन् । पछिल्ला वर्षहरूमा भारतबाट गोबरको निर्यात उल्लेखनीय रूपमा वृद्धि भएको छ, र यो प्रवृत्ति अहिले विदेशमा पनि लोकप्रिय बन्न थालेको छ।
भारतबाट निर्यात हुने गोबरको माग चीन, अमेरिका, नेपाल लगायत विभिन्न देशहरूमा रहेको छ। आर्थिक वर्ष २०२३\०२४ को तथ्याङ्कअनुसार, भारतले १२५ करोड रुपैयाँ बराबरको ताजा गोबर, १७३.५७ करोड रुपैयाँ बराबरको गोबरबाट बनेको मल, र ८८.०२ करोड रुपैयाँ बराबरको कम्पोस्ट गोबर निर्यात गरेको छ। यी सबै जोड्दा भारतले एकै वर्षमा ३८६ करोड रुपैयाँको गोबर विदेशमा बिक्री गरेको देखिन्छ।
भारतबाट सबैभन्दा धेरै गोबर खरिद गर्ने देशहरूमा पहिलो स्थानमा माल्दिभ्स रहेको छ। त्यसपछि अमेरिका, सिंगापुर, चीन, नेपाल, ब्राजिल, अर्जेन्टिना, अष्ट्रेलिया, कुवेत, र संयुक्त अरब इमिरेट्स रहेका छन्। विशेषगरी, अरब देशहरूमा यो गोबर खजूर खेतीका लागि महत्त्वपूर्ण मानिन्छ। खजूर खेति गर्ने किसानहरूले गोबरलाई पाउडर बनाएर रूखका जरामा हाल्ने गर्छन्, जसले उत्पादन वृद्धि गर्छ।
प्रतिक्रिया दिनुहोस्