काठमाडौँ । कुमारी बैंक लिमिटेड र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) बिच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २०% र बाह्य ल्याब टेष्टमा १०% सम्म छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकको देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्