नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट


काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट शुक्रबार बिहान बाँडफाँट भएको छ । एक लाख ८४ हजार ५०० जनालाई १० कित्ताका दरले १८ लाख ४५ हजार कित्ता सेयर बाँडफाँट गरिएको छ ।

आइपीओमा मागभन्दा बढि आवेदन परेपछि गोलाप्रथाबाट आइपीओ बाँडफाँट गरिएको हो । आईपीओमा कुल १८ लाख १७ हजार १४८ आवेदकबाट २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको भएपनि १० हजार ३८६ आवेदन बदर भएको धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ । यसमा ६ लाख २२ हजार २६२ सदर आवेदकको हात भने खाली भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको थियो ।