रुसी संघ बिरुद्धको युद्धमा नेटो देशहरुको प्रत्यक्ष संलग्नता स्वीकार्य छैनः रुस


रूसले युक्रेनमा युरोपेली सेनाको सम्भावित तैनाथीलाई द्वन्द्वमा प्रत्यक्ष नेटोको संलग्नताको रूपमा हेर्ने रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन् । लाभरोभले यो कदमलाई रूसी संघ विरुद्धको युद्धमा नेटो देशहरूको प्रत्यक्ष, आधिकारिक र स्पष्ट संलग्नताका रुपमा चित्रण गरेका छन् ।

युक्रेनमा यस्ता सेनाको उपस्थिति मस्कोलाई अस्वीकार्य हुने चेतावनी समेत दिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले बुधवार शान्ति सम्झौता लागू गर्न युरोपेली सेना युक्रेन पठाउने विचार गर्ने घोषणा गरेपछि यो टिप्पणी आएको हो ।

यद्यपि उनले सेनाहरू अग्रपंक्तिको लडाईमा संलग्न नहुने बताए । विदेशमन्त्रीले युक्रेनलाई अमेरिकी सैन्य सहायता निलम्वन गर्नाले द्वन्द्व चाँडै अन्त्य गर्न मद्दत गर्नसक्ने उल्लेख गरे ।