असोजको वर्षाले १२ अर्ब ६४ करोडको बिमा दाबी, हालसम्म ३ अर्ब भुक्तानी


काठमाडौँ । नेपाल बिमा प्राधिकरणले गत असोज १० देखि भएको निरन्तर वर्षाका कारण विभिन्न बिमा कम्पनीहरूले प्राप्त गरेका क्षतिको विवरण सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार गत फागुन २१ गतेसम्म निर्जीवन बिमा र निर्जीवन लघु बिमा गरी १८ वटा कम्पनीमा ३ हजार ७२८ वटा दाबी संख्या परेको छ। दाबी अनुसार कम्पनीहरूले १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। प्राधिकरणक अनुसार हालसम्म कम्पनीहरुले २ हजार ४७८ वटा दाबीको ३ अर्ब ५ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेका छन् । कम्पनीहरूले अझै १ हजार २८९ दाबीको ९ अर्ब ५ करोड १० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

प्राधिकरणका अनुसार बिमालेखका प्रकारका सबैभन्दा बढी दाबी सम्पत्ति बिमामा परेको छ। सम्पत्ति बिमामा २ अर्ब २० करोड ३५ लाख रुपैँयाको दाबी भुक्तानी भएको देखिन्छ । त्यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३० करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी प्राधिकरणको तंथ्याकले देखाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। उक्त कम्पनीमा ५१३ वटा दाबी परेको छ। जसको कम्पनीले २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म कम्पनीले ३४० वटा दाबीको ५८ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ।

ओरिएन्टल इन्स्योरेन्सले १८३ वटा दाबीको १ अर्ब ३७ करोड ४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १६३ वटा दाबीको ११ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ।

सगरमाथा लुम्बिनीले ४३१ वटा दाबीको १ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ, शिखरले ४७० वटा दाबीको १ अर्ब १४ करोड ४९ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २५५ वटा दाबीको ९३ करोड ४१ लाख रुपैयाँ, एनएलजीले २१५ वटा दाबीको ८८ करोड ५६ लाख रुपैयाँ, सानिमा जीआईसीले २३२ वटा दाबीको ८७ करोड ५८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३१६ वटा दाबीको ८६ करोड ६ लाख रुपैयाँ र युनाइटेड अजोडले ३३४ वटा दाबीको ७४ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म सगरमाथा लुम्बिनीले २६१ वटा दाबीको ३९ करोड ५५ लाख रुपैयाँ, शिखरले ४४५ वटा दाबीको ४७ करोड ७३ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १५३ वटा दाबीको २५ करोड १६ लाख रुपैयाँ, एनएलजीले १२४ वटा दाबीको १४ करोड ६३ लाख, सानिमा जीआईसीले १३७ वटा दाबीको १८ करोड ३८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २३० वटा दाबीको २३ करोड ६५ लाख रुपैयाँ र युनाइटेड अजोडले १५९ वटा दाबीको २५ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेका छन्।

त्यस्तै नेसनल इन्स्योरेन्सले ११३ वटा दाबीको ४७ करोड ६८ लाख रुपैयाँ, आईजीआई प्रुुडेन्सियलले ३०० दाबीको ४१ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १८७ वटा दाबीको ३८ करोड ९९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३६ वटा दाबीको ३२ करोड ८४ लाख रुपैयाँ र राष्ट्रिय बिमा कम्पनीले २० वटा दाबीको २० करोड ७८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म नेसनल इन्स्योरेन्सले २९ वटा दाबीको ४ करोड ६६ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले २३० दाबीको २६ करोड १६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ११५ दाबीको ५ करोड ४९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७१ वटा दाबीको ४ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेकाे प्राधिकरणले सार्वजनिक गरेकाे तंथ्याङ्कले देखाएकाे छ ।