काठमाडाैँ । ‘निजीकरण (पहिलो संशोधन विधेयक) २०८१’ प्रतिनिधि सभामा पेश गरिएको छ ।
बुधवारको प्रतिनिधि सभाको बैठकमा उक्त विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सभामा पेश गरेका हुन् ।
यसअधि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूले विरोधको सूचना दिएका थिए । सो सूचना नियणार्थ पेश गर्दा बहुमतले अस्वीकृत भए । सरकारले ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’ ल्याएको थियो । उक्त अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा टेबुल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्