काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का संक्षिप्त सुचीमा ५ जनालाई छनौट गरिएको छ । नेप्सेको सिइओ पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले संक्षिप्त सूचीमा परेका ५ जनालाई व्यवसायिक कार्य योजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको लागि बोलाएको छ ।
नेप्सेको सीइओका लागि चुडामणी चापागाईं, नारद कुमार लुइटेल, बद्री प्रसाद आचार्य र हेमन्त बस्याल संक्षिप्त सूचीमा परेका छन् ।
उनीहरुको व्यवासायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तवार्ता चैत ६ गते बुधबार अर्थमन्त्रालयमा हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्