काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० अंकमा झरेको छ ।
आजको दिन सेयरबजारमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयर मूल्य बढ्दा ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने एक ओटा उपसमुहको सेयरमूल्य स्थिर रहेको छ ।
सोमबार नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ९३ लाख ६८ हजार २१० रुपैयाँको कारोबार भएको छ ।
आजको दिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.८६ प्रतिशतले बढेको छ ।
त्यस्तै आज महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.६३ प्रतिशतले घटेको छ ।
कुल ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४० करोड ८३ लाख १४ हजार ७५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्