काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ माथि छलफलमा भाग लिदै उनले सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्ने बताएका हुन् ।
उनले भ्रष्टाचारमा सम्लग्न भएका राजनीतिक नेतृत्वको सम्पती छानविन गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए । संवैधानिक आयोगहरुले गर्ने काम कारबाही पारदर्शी हुनेपर्ने उनको भनाइ छ ।
उनले भने, “सुशासनयुक्त छैन आजको हाम्रो अभ्यास, कुसाशनतिर नै बढी गएको छ । त्यसकारण सुशासनका लागि पहिला हामीले जनताको विश्वास आर्जन गर्नु जरुरी छ । हाम्रा संवैधानिक आयोगहरुले गर्ने कामहरु जनताका लागि पारिदर्शिता होउन्, जनताले स्वीकार गर्ने होउन् । अहिले भ्रष्टाचारको विषय मुख्य रुपमा उठेको छ र यो राजनीतिक नेतृत्वमाथिनै केन्द्रित छ । त्यसकारण राजनीतिक नेतृत्वको सम्पत्ति छानविन गरेर सकिन्छ भने त्यसको राष्ट्रियकरण गरेर जनतालाई स्पष्ट गर्न सक्दा त्यागको भावनाबाट राज्य चलाउने संकल्प गर्दा मात्रै गर्न सकिन्छ । हामीले सुशानलाई स्थापित गर्नका लागि सामाजिक र सांस्कृति अभियान चाहिएको छ ।”
उपमहासचिव शर्माले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनमा चल्नसक्ने साशन प्रणाली र संस्कारको आवश्यक भएको बताए । कानुनमा भएका दोहोरो अर्थ लाग्ने विषयलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्