महालेखा परिक्षकले गरेको परिक्षणको मूल्यांकन विज्ञहरुको टोलीले पनि गर्नुपर्छः सांसद केसी


काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले महालेखा परिक्षकले गरेको परिक्षणको मूल्यांकन विज्ञहरुको टोलीले पनि गर्नुपर्ने बताएका छन् ।

मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद केसीले महालेखा परिक्षकले गरेको परिक्षणको मोडालिटी कुन आधारमा, कसरी हुन्छ भन्ने कुरालाई मूल्यांकन गर्नलाई विज्ञहरुको टोली बनाउनुपर्ने बताएका हुन् । उनले उक्त टोलीलाइ मूल्यांकन गर्न २ ३ महिनाको समय दिनुपर्ने उल्लेख गरेका छन् ।

“मूल्यांकन कसरी भइरहेको विज्ञहरुको टोलिले हेर्नुपर्ने र अहिलेको मोडालिटी लेखा समितिले परिवर्तन गर्नुपर्ने हो कि त्यो । नत्र महालेखा परिक्षकलाई कसले नियमन गर्ने भन्ने प्रश्न पनि छ । त्यसलाई हेर्नुपर्ने आवश्यकता छ,” उनले भने ।