काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ अंकमा झरेको छ ।
आजको दिन सेयरबजारमा कारोबार भएका कुल १३ उपसमुहमध्ये एक ओटा उपसमुहको सेयर मूल्य बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
मंगलबार नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ११ लाख १७ हजार ८९२ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन मिथिला लघुवित्त र हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.९६ प्रतिशत र ९.९० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.२१ प्रतिशतले घटेको छ ।
कुल ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २६३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्