काठमाडाैँ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग सहकार्य गर्दै र युरोपियन युनियनको एसिएसआइआइएस कार्यक्रमको सहयोगमा तीन-दिने तालिम सञ्चालन गरेकाे छ । सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय र सानो तथा मध्यम उद्यम क्षेत्र (एसएमइ) मा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित रहेकाे बैंकले जनाएकाे छ ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक, र सुशासन (इएसजी) अभ्यासहरूलाई समाहित गर्न जोड दिएकाे छ भने यसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्याउने उल्लेख गरिएकाे छ ।
यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम (इएडिडी), जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेकाे जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्