नेरुडे मिर्मिरे लघुवित्तले लाभांश नदिने


काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको हो

चैत ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।