काठमाडाैँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध भारत नरहेको बताएकी छन् ।
भारतको औपचारिक भ्रमण पूरा गरी शुक्रवार स्वदेश फर्किनुभएकी उनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारतले नेपालको वर्तमान लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी हुन् ।
नेपालमा व्यवस्था परिवर्तनका लागि राजतन्त्रवादीहश्कोर गतिविधि भइरहेकोप्रति भारत बेखबर नरहेको उनको भनाइ छ । उनले भारतका विदेशमन्त्री, ऊर्जामन्त्री लगायतसँगको कुराकानीमा नेपालको सरकार परिवर्तन वा व्यवस्था परिवर्तन भारतले नचाहेको दाबी गरिन् ।
परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा विभिन्न देशका विदेशमन्त्रीहरूसँग भएको दुईपक्षीय भेटवार्तामा नेपालले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् लगायत विभिन्न परिषदमा दिएको उम्मेदवारीमा सहयोग गर्न आग्रह गरेको बताइन् । नेपालको उम्मेदवारीप्रति धेरैले सकारात्मक जवाफ दिएको उनको भनाइ छ ।
पराराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको पहल नगरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्