काठमाडाैँ । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरूलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताएका छन् ।
आइतवार काठमाडौँमा ‘बिमा क्षेत्रको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बिमकहरूले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरू एकीकृत रूपमा ल्याइदिन गरेको मागको सम्बोधनका लागि प्राधिकरणले काम गरिरहेको बताएका हुन् ।
उनले आफू प्राधिकरणमा आएको केही दिनमौ निर्देशनलाई एकीकृत गर्नका लागि कमिटी बनाएर काम सुरू गरेको बताए । नियमावलीमा परेका विषयहरूलाई निर्देशनबाट हटाउने र आवश्यक पुनरावलकोन भएको ठाउँमा समयानुकुल बनाउने बारेमा काम सुरू भइसकेको जानकारी दिए ।
उनले दुई महिनाभित्र काम सकिसक्ने र बिमकलाई सहजता प्रदान गर्ने प्रतिवद्धता जनाए । बिमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्ने बताए । बिमकको वित्तीय संस्था बलियो नभए विमितको हित संरक्षण हुन नसक्ने भन्दै विमकको वित्तीय स्वास्थ्य बलियो बनाउनका लागि प्राधिकरणले गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताए ।
अध्यक्ष ओझाले समग्र बिमा उद्योगको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्