वैशाखमा सकिँदै उपकार लघुवित्तको ‘लकइन’ अवधि


काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाखमा समाप्त हुँदैछ । कम्पनीको ४ लाख २३ हजार २८१ कित्ता सेयरको ‘लक इन’ अवधि आगामी २०८२ साल वैशाख ८ गतेबाट समाप्त हुने छ।

कम्पनीले २०७८ साल चैत ९ गते सर्वसाधारण र कर्मचारीहरूलाई समेत समेटेर प्राथमिक सेयर (आईपीओ) निष्काशन गरी बाँडफाँट गरेको थियो। धितोपत्र बोर्डको नियमअनुसार, बाँडफाँटको मितिबाट तीन वर्षसम्म संस्थापक र कर्मचारीको शेयर ‘लक इन’मा राख्नुपर्ने व्यवस्था छ।

हाल कम्पनीका संस्थापकहरूले राखेको ४ लाख २० हजार कित्ता र कर्मचारीहरूसँग रहेको ३ हजार २८१ कित्ता सेयर ‘लक इन’ अवधिमा छन्। वैशाख ८ गतेपछि संस्थापक र कर्मचारीको सेयर नियमित रूपमा दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।