धादिङको ब्रो काउलीमा भेटियो ८५ प्रतिशतभन्दा बढी विषादी, उपभोग अयोग्य प्रमाणित


काठमाडौँ । धादिङमा उत्पादित ब्रो काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको कारण खान अयोग्य ठहरिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीस्थित ६९९ नम्बरको कृष्ण बहादुर भण्डारीको पसलमा बिक्रीका लागि राखिएको धादिङमा उत्पादित ब्रो काउलीमा अर्गानोफस्फेट नामक कीटनाशक विषादीको मात्रा ८५.५४६ प्रतिशत रहेकाले खान अयोग्य ठहरिएको हो ।

त्यस्तै गत चैत ३ गतेपनि भक्तपुरमा उत्पादित ब्रो काउलीमा अर्गानोफस्फेट नामक कीटनाशक विषादीको मात्रा ८८.६७० प्रतिशत रहेकाले खान अयोग्य ठहरिएको थियो ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।

सम्बन्धित समाचारः