जीवन बिमा कम्पनीहरूले ८ महिनामा संकलन गरे १ खर्बभन्दा बढी बिमाशुल्क, कुन कम्पनीको कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१|०८२ को आठ महिना (साउनदेखि फागुन) सम्म जीवन बिमा कम्पनीहरूले १ खर्ब रुपैयाँभन्दा बढीको बिमाशुल्क संकलन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले १ करोड ३४ लाख ४६ हजार ७९२ वटा बिमा पोलिसी बिक्री गरी १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ कुल बिमामाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बिमाशुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफले १३ अर्ब ६२ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

त्यस्तै एलआइसी नेपालले १२ अर्ब ५६ करोड रुपैयाँ, हिमालयन लाइफले ११ अर्ब २२ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ६ अर्ब ४९ करोड रुपैयाँ, एशियन लाइफले ५ अर्ब ६९ करोड, सिटिजन लाइफले ४ अर्ब ४९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छन् ।

यसैगरि राष्ट्रिय जीवन बिमा कम्पनीले ४ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा सानिमा रिलायन्स लाइफले ४ अर्ब २९ करोड रुपैयाँ गरेका छन् । मेट लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । त्यसैगरी आइएमई लाइफले ३ अर्ब २८ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सन नेपाल लाइफले २ अर्ब ७० करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।