काठमाडौँ । चालु आर्थिक वर्ष २०८१|०८२ को आठ महिना (साउनदेखि फागुन) सम्म लघु जीवन बिमकले ७२ करोडभन्दा बढी रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छन्।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका तीन वटा लघु जीवन बिमकले सात महिनामा ७ लाख ९१ हजार ८५६ सय वटा बिमालेख जारी गरेर ७२ करोड ४६ लाख १२ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।
जसमा सबैभन्दा बढी धेरै गार्डियन माइक्रो लाइफ रहेको छ। उक्त कम्पनीले ५ लाख ४४ हजार ६३६ वटा बिमालेख जारी गर्दै २८ करोड ५ लाख रुपैयाँको कुल बिमाशुल्क आर्जन गरेको छ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफले १ लाख ५१ हजार ६३२ वटा बिमालेख जारी गर्दै २६ करोड ६४ लाख बिमाशुल्क आर्जन गरेको छ भने लिबर्टी माइक्रो लाइफले ९५ हजार ५८८ वटा बिमालेख जारी गरि १७ करोड ७६ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्