नेप्सेको सीईओमा नारद लुइँटेललाई नियुक्त गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्जको (नेप्से) प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नारद लुइँटेललाई नियुक्त गरेको छ ।

सोमवार बसेको बैठकले लुइँटेललाई सीईओमा नियुक्त गरेको हो।

नेप्सेको सीईओ पदका लागि गठित सिफारिस समितिले आवेदन दिएका १० जनामध्ये चूडामणि चापागाईं, नारदकुमार लुँइटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्टलिस्टमा राखेको थियो ।