राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन


काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन भएको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल नियुक्त भएका छन् ।

हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो।