काठमाडाैँ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आगामी आर्थिक वर्ष २०८२|०८३ का लागि मन्त्रालयको बजेट सिलिङ ११ अर्ब घटाइएको बताएका छन् ।
मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सरकारले चालु आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ बजेट छुट्याएको बताएका हुन् । उनले राष्ट्रिय राजमार्गहरू धेरै बनाउनुपर्ने तर आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयको सिलिङ घटाउनुले केही असहजता महशुस हुने जिकिर गरे ।
उनले राष्ट्रिय राजमार्ग भनेर पुनर्विचार गर्नुपर्ने स्थिति रहेको बताए । उनले राष्ट्रिय गौरवका आयोजनामा मन्त्रालयअन्तगर्त घटाउनुपर्ने वा थप्नुपर्ने केही भएदेखि त्यसको पनि गृहकार्य गर्ने प्रतिवद्धता जनाए । भौतिक मन्त्रालयको भुक्तानी दायित्व २ खर्ब ५२ रहेको र चालु वर्षमा गत वर्षको ८ अर्ब भुक्तानी गरेको बताए । उनले बिपी राजमार्गलाई आगामी वर्षाको याममा पनि सञ्चालन हुनेगरी कच्ची वा ग्राभेल गर्नेगरी र सडक अवरुद्ध नहुने गरी काम भइरहेको दाबी गरे ।
मन्त्री दाहालले नेपाल सुरुङ युगमा प्रवेश गरेको र नागढुङ्गा सुरुङमार्ग अब सुचारु गर्ने अवस्थामा पुगेको बताए । केही समयपछि नै सरकारले सञ्चालनका लागि प्राप्त गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्