सिंहदरबारमा प्रतिपक्षी दलहरुको बैठक जारी


काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक जारी छ । बैठकमा गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शन र सभा लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए ।

केही समययता राप्रपालगायत राजावादी दल तथा समूहले राजसंस्था पुनस्स्थापनाका पक्षमा प्रदर्शन चर्काउन थालेपछि गणतन्त्र पक्षधर राजनीतिक दलहरू पनि एकजुट भएका छन्।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरु सहभागी छन् ।