काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले २१ दिनको लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।
यसको ब्याजदर बोलकबोलको माध्यमबाट हुनेछ भने राष्ट्र बैंकले यसको साँवा ब्याज २०८१ वैशाख ३ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्