नबिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त


काठमाडौँ । नबिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई चैत १३ गते बसेको बैंकको संचालक समति बैठकले कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बैकको संचालक समितिको ६०० औ बैठकले प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङगानाको राजिनामा २०८१ चैत १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । सीइओ ढुङ्गानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका थिए।