१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री खुला


काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबारदेखि १० अर्ब रुपैयाँ विकास ऋणपत्रको बिक्री खुला गरेको छ । कार्यालयले बोलकबोलको माध्यमबाट विकास ऋणपत्र २०८७ (६ वर्षे) विकास ऋणपत्र बिक्री खुला गरेको हो ।

विकास ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्ने जनाइएको छ ।

यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने उल्लेख गरिएको छ । यस ऋणपत्रलाई धितोको राखेर कर्जा लिन र दिन पाइने छ । कार्यालयले यस ऋणपत्रको साँवा भुक्तानी २०८७ चैत १४ गते गर्ने छ भने यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्ने उल्लेख गरेको छ ।