सेन्टरल प्लाजामा लागेको आगो नियन्त्रणको प्रयास जारी


काठमाडाैँ । इटहरीको सेन्टरल प्लाजामा लागेको आगो नियन्त्रणको काम भइरहेको छ । आगलागी भएको १० तले भवनमा फसेका ११ जनाको उद्धार गरिएको छ ।

प्लाजाको विभिन्न तलामा फसेका ८ पुरुष र ३ महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको हो । प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेबाट आगलागी भएको थियो ।

आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनभन्दा बढी दमकल, नेपाली सेना र प्रहरीको टोली परिचालित रहेको छ । आगलागी भएको भवनमा होटल, सिनेमा हल, बैंक, सुपरमार्केट, कपडाका पसल, मोबाइल तथा इलेक्ट्रोनिक्सका ठूला पसलहरू सञ्चालनमा रहेका थिए ।