सरकारले समय अगावै पदमुक्त गरेपछि पुनर्बहालीको माग गर्दै कुलमान पुगे सर्वोच्च


काठमाडौँ। मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरेपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

मन्त्रिपरिषद् बैठकले चार महिना समय अवधि बाँकी छँदै पदमुक्त गराएपछि पुनर्बहालीको माग गर्दै घिसिङ सर्वोच्च अदालत गएका हुन् ।

गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सरकारको निर्णय बदर गरी कार्यकारी निर्देशकमा पुनस्थापना गर्न माग गर्दै उनी सर्वोच्च पुगेका हुन् ।