काठमाडौँ। काठमाडौँ रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले रोमाञ्चक ट्रफी टुर र स्कूटर र्यालीको साथमा एनएसएल सिजन ३ को उत्साहजनक सुरुवात गरेका छन्। कार्यक्रमले काठमाडौँ रेजर्सको सिजन १ च्याम्पियनशिप जितलाई पनि सम्मान गर्याे, जसले फ्यानहरूलाई उनीहरूको मनपर्ने टोली र खेलको नजिक ल्यायो।
नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरू भएको र्याली बसन्तपुर र काठमाडौँका प्रमुख स्थान हुँदै यामाहा ब्लू स्क्वायरमै आएर समापन भएको थियो। उत्साही राइडर, फ्यान र टिमका समर्थकहरू सामेल भएको भव्य र्यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता स्पष्ट तरिकाले प्रदर्शन भएको थियो।
र्यालीपश्चात् यामाहा ब्लू स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाडौँ रेजर्सको एनएसएल सिजन ३ को यात्राको सुरुवात गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो। अभिनेत्री प्रियङ्का कार्की, यामाहा रेजेडआर १२५ एफआईका ग्राहक र मिडियाको उपस्थितिमा गरिएको अनावरण कार्यक्रमले युवा संलग्नता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको छ।
यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ केएमपीएल (एआरएआईरप्रमाणित) माइलेज र एड्भान्स हाइब्रिड प्रविधिको साथ नेपालमै उच्चतम माइलेज प्रदान गर्दछ। यसमा रियल९टाइम डायग्नोस्टिक्सको लागि ओबीडीरआईआई पनि छ। जसले प्रत्येक राइड कुशल, भरपर्दो र पर्फर्मेन्स ड्रिभन भएको सुनिश्चित गर्दछ।
मैदानमा काठमाडौँ रेजर्सजस्तै, रेजेडआर हाइब्रिड पनि प्रदर्शन, दक्षता र विश्वसनीयताको लागि बनेको छ जसले आफ्ना राइडरहरूको लागि असाधारण भ्यालु प्रदान गर्दछ। एनएसएल सिजन ३ नजिकिँदै जाँदा यामाहा र काठमाडौं रेजर्स उत्साह, जोश र उच्चस्तरीय फुटबल एक्सनले भरिपूर्ण सिजनको लागि तयार छन्।
प्रतिक्रिया दिनुहोस्