काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०८१/८२ को चैत १३ गतेसम्म २ खर्ब ९ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८१/८२ को विभिन्न मितिहरुमा विकास ऋणपत्र जारी गरेको थियो । सरकारले जारी गरेको यस ऋणमा मागभन्दा बढी आवेदन परेको छ ।
कार्यालयले यो अवधिमा २ खर्ब ९ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गरेपनि त्यसमा आवेदन भने ७ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँको परेको जनाएको छ । मागभन्दा बढी आवदेन परेपनि कार्यालयले २ खर्ब ७ अर्ब १० करोड रुपैयाँमात्र उठाएको छ ।
बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने गरेको छ । जसमा ७ खर्ब ३३ करोड रुपैयाँको लागि आवेदन परेको रकम प्रतिस्पर्धामा थिए भने ३२ अर्ब ७५ करोड रुपैयाँ प्रतिस्पर्धामा थिएनन् । यसको कटअफ रेट ४.७२ प्रतिशत रहेको छ ।
यसको खरिदकर्ता बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित तथा नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।
प्रतिक्रिया दिनुहोस्