काठमाडाैँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विकास निर्माणको हिसावमा ललितपुर महानगरपालिका पुलमय भएको बताएका छन् ।
बिहीवार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्दै उनले महानगपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको बताएका हुन् । चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा ट्राफिक दुर्घटना परेर १६ जनाले ज्यान गुमाएको बताए ।
महानगरपालिका चक्रपथ क्षेत्रमा पुल र बत्तीको समस्याका कारण धेरै दुर्घटना हुने गरेको भन्दै उनले पुल निर्माण र सडक बत्ती जडान गरेर नगरवासीलाई सहजता प्रदान गर्न आफू लागि परेको बताए । अपाङ्गतामैत्री पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।
मेयर महर्जनले रात्रीकालिन अवस्थामा हवाई जहाजबाट काठमाडौँ उपत्यका छिर्ने बित्तिकै जुन शहर उज्यालो देखिन्छ त्यो ललितपुर महानगरपालिका हुनेगरी बत्ती राख्ने काम सुरू भएको बताए।
प्रतिक्रिया दिनुहोस्