काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० अंकमा पुगेको छ ।
आजको दिन सेयरबजारमा कारोबार भएका कुल १३ उपसमुहकै सेयरमूल्य बढेको छ ।
बिहीबार नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५१ करोड १८ लाख १७ हजार ७१४ रुपैयाँको कारोबार भएको छ ।
बिहीबार गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३०९ कम्पनीको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्