महासंघद्वारा हिंस्रक गतिविधिको निन्दा, क्षतिपूर्ति माग


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न माग राख्दै भइरहेका आन्दोलन र प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिहरूको घोर निन्दा गर्दै, सर्वसाधारण र व्यवसायीहरूको स्वाभाविक अधिकारको उल्लंघन भएको बताएको छ।

हिजाे काठमाडौंमा भएका प्रदर्शनका क्रममा भएको मानविय र वित्तीय क्षति गम्भीर अप्ठ्यारोको विषय बनेको छ। महासंघले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

यसैबिच मिडिया हाउस, व्यावासिक प्रतिष्ठान र व्यक्तिगत सम्पत्तिमा भएका आक्रमण, आगजनी र लुटपाटको घटनालाई महासंघले निन्दा गर्दै, पीडितलाई क्षतिपूर्ति प्रदान गर्नुपर्ने माग राखेको छ।

महासंघले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सबै सम्बन्धित पक्षलाई समन्वय गर्न आग्रह गरेको छ।