काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
सुनको मूल्य आज तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको छ। त्यसैगरी शुक्रबार तोलाको दुई हजार ४० रुपैयाँ पुगेको चाँदी आज तोलाको दुई हजार २५ रुपैयाँमा झरेको छ।
प्रतिक्रिया दिनुहोस्