काठमाडौँ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन थुनामा राख्न अनुमति लिएको छ ।
अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरूलाई मंगलबारसम्म थुनामा राख्न पाउनेछ । आइतवार उनीहरूलाई म्याद थप गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियाे।
चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरूलाई उक्साएर घटना गराएको आरोपमा उनीहरूलाई पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो ।
प्रतिक्रिया दिनुहोस्