५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै एनआईसी एशिया बैंक


काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले यही चैत २५ गतेदेखि १० वर्षे अवधिको ७ प्रतिशत एनआईसी एशिया डिबेन्चर–२०९१ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ । यो ऋणपत्रमा वार्षिक ७ प्रतिशतका दरले व्याज भुक्तानी हुनेछ ।

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्बबराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्ब रुपैयाँबराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत २८ गते र ढिलोमा वैशाख ८ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।