उपपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानी डुबेकाले यसको व्यवस्थापनका लागि विधेयकमा व्यवस्था गरिएको बताएका छन् ।
सोमवार राष्ट्रिय सभा बैठकमा प्रस्तुत भएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘निजीकरण (पहिलो संशोधन), विधेयक २०८१’ माथि दफावार छलपलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सार्वजनिक प्रतिष्ठानमा सरकारी लगानीले प्रतिफल दिने गरी काम गर्नुपर्ने बताए ।
उनले समाजवादमा पुग्ने संवैधानिक रुपमा सबैको लक्ष्य एउटै रहेको उल्लेख गरे । आमनागरिकमा न्यायपूर्ण समृद्धिको पहुँच नै समाजवाद भएको उनको भनाइ छ ।
उनले भने, “समाजवादको सन्दर्भमा माननीयहरुले अद्यपी संविधानमा समाजवाद हाम्रो साझा गन्तव्य हो । संविधानले प्रष्ट गरेकै छ । तरपनि बुझाइमा समाजवाद के हो ? कसरी पुगिन्छ भन्ने बारेमा हाम्रा आआफ्नै बुझाइहरु हुन सक्छन् । फेरिपनि समाजवाद मैले बुझ्दा खेरि समृद्धि र समृद्धिको जगमा मात्रै समाजवाद सम्भव छ । समृद्धिमा आमनागरिकको न्यायपूर्ण पहुँच त्यो चाहिँ समाजवाद हो त्यसकारण हामी त्यो दिशातफै जाने गरी नै जानुपर्छ र सार्वजनिक प्रतिष्ठानहरुलाई अहिलेको विधेयकको मुख्य मर्म के छ भने सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी लगानी व्यवस्थापन गर्नु प¥यो, सरकारी लगानी डुब्यो त्यो व्यवस्थापन गर्नु प¥यो । यस्ले प्रतिफल दिनुप¥यो भन्ने उद्देश्यले विधेयक केन्द्रित रहेको हुनाले तदअनुकुल नै लिइ दिनका लागि आग्रह गर्छ ।”
उनले सार्वजनिक प्रतिष्ठानमा भएको राज्यको लगानीप्रति सकार सचेत रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्